कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ३९)

मौसमी सारांश:

  • गत साता देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको र देशका कुनै केन्द्रमा वर्षा मापन  भएको छैन। गत साता देशका धेरै केन्द्रहरुमा सरदर भन्दा बढी अधिकतम तापक्रम तथा धेरै केन्द्रहरुमा सरदर भन्दा कम न्यूनतम तापक्रम मापन भएको छ। विशेषगरी तराईका धेरै स्थानहरुमा बिहानको हुस्सु/कुहिरो अवस्थाका कारण न्यूनतम तापक्रम सरदरभन्दा कम मापन भएको छ।देशका धेरै हिमाली भू-भागमा ०.० डि.से. भन्दा कम साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • साताभर कुनै उल्लेखनिय मौसम प्रणालीको प्रभाव रहने छैन।
  • उच्च पहाडी तथा हिमाली भू-भागः साताको मध्यमा कोशी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।
  • पहाडी भू-भागः साताभर मौसम मुख्यतया सफा देखि आंशिक बदली रहने देखिन्छ।
  • तराई भू-भागः साताभर मौसम मुख्यतया सफा देखि आंशिक बदली रहने देखिन्छ। बिहानको समयमा लाग्ने हल्का हुस्सु/कुहिरो मध्यान्न सम्म क्रमिक रुपमा सुधार हुने सम्भावना देखिन्छ।
  • यो साता देशका धेरै स्थानहरूमा न्यूनतम र अधिकतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने सम्भावना छ।

हिउँद अवधि (१५ मंसिर-१६ फागुन, २०८२) को हावापानी आँकलन

  • मंसिर १ देखि फागुन १६ सम्मको तीन महिनाको हिउँद अवधिमा देशका अधिकांश भू-भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना छ। अधिकतम तापक्रम देशका अधिकांश भू-भागमा सरदर भन्दा बढी रहने संभावना छ। न्यूनतम तापक्रम देशभर सरदर भन्दा बढी रहने सम्भावना छ।

कृषि सारांश

 

  • यस वर्षको हिउँद अवधिमा अधिकांश भू-भागमा सरदर भन्दा कम वर्षा हुने, अधिकतम तापक्रम सरदर भन्दा बढी रहने तथा न्यूनतम तापक्रम देशभर सरदर भन्दा बढी हुने संभावना रहेकाले यसबाट हुन सक्ने सम्भावित जोखिम न्युनीकरणका लागि यस समयमा लगाइएका बाली, फलफूल, आलु लगायतका बालीहरुको लागि सिंचाई व्यवस्थापन कार्यलाई विशेष ध्यान दिनुहोस्। उपलब्ध सिंचाई सुविधालाई दक्षता पुर्वक प्रयोगका लागि सिंचाईका नवीनतम प्रविधिहरु जस्तै- प्लास्टिक पोखरी, थोपा सिंचाई, फोहोरा सिंचाई, परफोरेटेड पाईप इत्यादि प्रयोग गर्नुहोस्।
  • गहुँबालीमा झारपात व्यवस्थापनको लागि गहुँ रोपेको १-दिनभित्र पेन्डीमिथालिन ३०% .सी., १५० मिलिलिटर प्रति रोपनीको लागि २५ लिटर पानीमा वा १०० मिलिलिटर प्रति कठ्ठाको लागि १७ लिटर पानीमा माटोमा चिस्यान भएको अवस्थामा फ्लेट फेन नोजलको प्रयोगले स्प्रे गर्नुहोस्।
  • सुख्खा मौसमलाई ध्यानमा राख्दै गहुँ छरेको २०-३० दिनभित्र [मुकुट जरा (crown root initiation) पलाउने अवस्था] गहुँको जरा भिज्नेगरि पहिलो सिँचाई पश्चात नेपाल कृषि अनुसन्धान परिषद्बाट अध्यावधिक गरिएको सिफारिस मात्रा अनुसूची-३ अनुसार युरिया मल टपड्रेस गर्नुहोस्। जिरो टिलेज प्रविधिबाट लगाइएको गहुँ खेतमा परम्परागत तरिकाबाट लगाईएको गहुँको तुलनामा कम पानीको मात्राले सिंचाई गर्न सकिन्छ। गहुँ पहेँलो हुने समस्याबाट बच्न सिँचाई गर्दा पानी जम्न नदिन विशेष ध्यान दिनुहोस्।
  • पतझड फलफूलको बगैँचा स्थापनाको लागि एक घन मिटर साइजको खाडल खनी करिब एक महिना सुकाउनुहोस्। सो खाडलमा सुकेका पातपतिंगर तथा झारपात राखी जलाउनुहोस्।
  • सिँचाई सुविधा भएका सबै किसिमका फलफूल बगैँचामा सिँचाईको व्यवस्थापन गर्नुहोस्। साथै चिस्यान संरक्षण गर्न स्याउला, घाँसपात वा कालो प्लाष्टिकको छापो राख्नुहोस्।
  • कलेजी रङ्गमा परिणत भई पाकेका कफीबालीका अगौटे चेरीहरु टिप्नुहोस्।
  • मध्य पहाडको बारी जग्गामा भदौमा लगाइएको आलु खन्नुहोस् l खनेको आलुलाई बारीमा नछोडी उचित व्यवस्थापन गरि स्वस्थ आलुका दानाहरु भण्डारण गर्नुहोस्।
  • भण्टाको डाँठ तथा फलको गबारोको अनुकूल मौसम भएकोले नियमीत अनुगमन गरी व्यवस्थापनको लागि परजीबी कीरा ट्राइकोग्रामाको प्रयोग गर्नुहोस्। गबारोको नोक्सानी धेरै भएमा क्लोरनट्रानिलिप्रोल १८.% एस.सी. वा स्पिनोसाड ४५% एस.सी.,१ एम.एल. प्रति ३ लिटर पानीमा मिसाएर साँझपख छर्कनुहोस्।
  • प्याज र लसुनको जरा कुहिने रोग ब्यवस्थापनको लागि ढुसीनाशक विषादी-वेभिष्टिन (Carbendazim ५०% WP) २ ग्राम प्रति लिटर पानीका दरले १४ दिनको फरकमा ३ देखि ४ पटकसम्म सम्पूर्ण जरा भिज्नेगरि हाल्नुहोस्।
  • काउली समूहका बालीमा लाग्ने गाँठे रोग व्यवस्थापनका लागि फ्लुआजिनाम विषादीको धुलो २-३ ग्राम प्रति लिटर पानीमा घोली बोट वरिपरि ड्रेन्चिङ गर्नुहोस्।
  • बाहिरी तापक्रम घट्ने क्रममा रहेकोले गाई, भैँसी, भेडा, बाख्रा आदिमा रुघाखोकी लाग्ने, ज्वरो आउने, श्वासप्रश्वास सम्वन्धी अन्य रोग लाग्ने र छेर्ने हुँदा पशुवस्तुको खोर-गोठ न्यानो राख्नुहोस्।
  • हिउँदको समयमा पशुवस्तुलाई हरियो घाँसको कमी हुने भएकोले उग्राउने पशुहरु जस्तै-गाई, भैँसी, भेडा, बाख्राहरुलाई युरिया मिश्रित पराल (% युरिया) वा युरिया मोलासेस ब्लक खुवाउनुहोस्।
  • यो समयमा दिन छोटो हुने र रात लामो हुने भएकाले अन्डा उत्पादनका लागि पालिएका लेयर्स कुखुरालाई कम्तीमा १६ घण्टासम्म प्रकाश हुने गरि बत्तीको व्यवस्था गर्नुहोस्।
  • न्यानो पानीमा हुर्कने माछाले पानीको तापक्रम २० डिग्री सेल्सियस भन्दा कम भएपछि दाना कम खान्छ र १४-१५ डिग्री भन्दा कम भएपछि नखान सक्छ। चिसो पानीमा पालिने ट्राउट माछाले ८-९ डिग्री भन्दा कम भए राम्ररी दाना खाँदैन। त्यसैले पोखरीको पानीको तापक्रम र दाना खाए नखाएको अनुगमनको आधारमा दानाको ब्यबस्थापन गर्नुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ देखि बजेसम्म फोन गर्नुहोस्।